२०८१ असार ३ गते आइतवार

दक्ष चालक उत्पादनमा जोड


तुलसीपुर,फागुन ५ । पछिल्लो समयमा विभिन्न कारणले दुर्घटनाहरु बढेको भन्दै दुर्घटना न्यूनिकरणका लागि सवै पक्ष जिम्मेवार रहनु पर्ने सहभागीहरुले बताएका छन् ।

ड्राईभिङ स्कुल संघ नेपालको प्रथम दाङ जिल्ला अधिवेसनमा सहभागीहरुले सो कुरा बताएका हुन् । सहभागीहरुले एउटा चालकको विश्वास र भरमा धेरै यात्रुहरु यात्रा गर्नुपर्ने भएकाले दक्षय चालक उत्पादन गर्न तर्फ ड्राईभिङ स्कुललाग्नु पर्ने बताए ।

राप्ती ड्राईभिङ स्कुल संघ नेपालका अध्यक्ष झक्कु प्रसाद बुढाथोकीको अध्यक्षता ड्राईभिङ स्कुल लुम्विनी प्रदेशका उपाध्यक्ष गुरुप्रसाद गौतमको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेल, जिल्ला ट्राफिक प्रमुख किरण मल्लको विशिष्ट आतिथ्यमा भएको अधिवेसनमा बोल्दै प्रमुख अतिथि गौतमले दक्षचालक उत्पादनमा सवै लाग्नु पर्ने भन्दै सानो कम्जोरीले धेरैको ज्यान जाने भन्दै त्यस तर्फ गम्भीर हुनुपर्ने बताए ।

उनले संघले उत्पादन गर्ने चालकहरु सवै कुराले दक्षय हुनुपर्ने बताए । त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेलले संघले कुशल चालक उत्पादन गनुपर्नेमा जोड दिए । त्यस्तै जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण मल्लले दुर्घटना विभिन्न कारणले हुने भन्दै यसमा चालक पनि सवै कुराले कुशलता देखाउनु पर्ने बताए । उनले संघहरु विधि नियम अनुसार दक्षय चालक उत्पादनमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले चालकहरु जिम्मेवार हुनुपर्ने भन्दै पछिल्लो समयमा युवा जनशक्ति विदेशीने गरेको भन्दै यहि स्वदेशमै सिप सिकाई त्यसलाई रोक्न संघले महत्पूर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा यातायात कार्यालय लुम्विनीका सुदर्शन अधिकारी, दरुण दलका सुरेन्द्रसिंह राठोरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण ऋषिराज लहरे अरुणले गरेका थिए ।
त्यसैविच । ड्राईभिङ स्कुल संघ नेपालको प्रथम दाङ जिल्ला अधिवेसनले झक्कु प्रसाद बुढाथोकीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा द्रोर्णबहादुर केसी, सचिवमा सुशन वली, कोषाध्यक्षमा जिवन पोख्रेल, सदस्यहरुमा अजय भण्डारी, कमल बस्नेत, सुर्यबहादुर भुसाल, हेमराज कँवर, बालाराम डाँगी, सुदा अधिकारी र अनमोल घर्तीमगरलाई चयन गरेको छ ।

त्यस्तै बरिष्ठ सल्लाहकारमा लाल चन्द्र बञ्जाडे, गुरुप्रसाद गौतम, रामवरण बैश्यलाई चयन गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *