तुलसीपुर, फागुन ४। दाङमा प्रहरीले नै आफ्नै श्रीमति तथा डिउटीमा रहेकी प्रहरी श्रीमतिलाई गोली हानी हत्या गरेका छन् ।
घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी तथा श्रीमति धनमाया थापालाई उनकै श्रीमान बाँकेको नेपालगंजमा कार्यरत प्रहरी जवान यमबहादुर झाक्रीले बिहीबार बेलुकी आठ बजेतिर गोली हानेर हत्या गरेका छन् ।
दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुबेदीले घटनाको पुष्टि गरेका छन् ।
महिला प्रहरी थापा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार