दाङ, फागुन ३ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले तुलसीपुरस्थित अनाथालयमा खाद्यान्न सहयोग गरेको छ ।
संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी पराजुली कुँवरको नेतृत्वमा तुलसीपुर उपमहानगरपालिका – ६ डुम्रीगाउँस्थित ‘दिदी घर’ संस्थाको संरक्षणमा रहेका अनाथ बालबालिकाको लागि चामल, दाल, नुन, तेल र मासु वितरण गरिएको हो ।
‘दिदी घर’ संस्था बिगतदेखि नै तुलसीपुरकी उपमेयर श्यानी चौधरीले चलाउँदै आएकी छिन ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआइजी कुबेर कडायत, दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रशाद पोखरेल लगाएतका उच्च प्रहरी अधिकारीहरुको उपस्थितिमा अनाथालयमा दश बोरी अर्थात दुई सय ५० केजी चामल, १५ केजी दाल, मासु, तरकारी, फलफूल, नुन, तेल लगाएतको खाद्यान्न वितरण गरिएको हो ।
वितरित खाद्यान्न लगभग चालिस हजार मूल्य बराबरको रहेको लुम्बिनी प्रदेश कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
सहयोग स्वरुप उपलब्ध गराइएको खाद्यान्न दिदी घर संस्थाकी सचिव माया चौधरीले बुझेकी थिइन । त्यस अबरमा संस्थामा बस्दै आएका बालबालिकापनि उपस्थित थिए ।

तस्बिर : फरककोण ।
