दाङ, फागुन २ । रुकुम पश्चिमको आठविसकोटस्थित प्रभु बैंकका फरार अप्रेसन इन्चार्ज निरजजबिक्रम शाहले एक करोड ३१ लाख २५ हजार रुपैंया हिनामिना गरेको उजुरी परेको छ ।
प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयका इन्चार्ज शरद तिमिल्सिनाले मंगलबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा फरार शाह विरुद्ध एक करोड ३१ लाख २५ हजार रुपैंया हिनामिना गरेको उजुरी दिएका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले त्यस्तो जानकारी दिएका हुन । बैंकका कर्णाली प्रदेश इञ्चार्ज तिमिल्सिनाले तीन वटा चेकबाट एक करोड ३१ लाख २५ हजार रुपैंया हिनामिना गरेको कुरा प्रारम्भीक अनुसन्धानबाट देखिएको जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी भट्टराइले आरोपित शाह छिमेकी देश भारतमा पुगेको हुन सक्ने आशंका ब्यक्त गरे । उनको खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार