२०८० फाल्गुन १२ गते शनिवार

एक करोड बढी रकम हिनामिनाका आरोपित प्रभु बैंकका कर्मचारी सम्पर्क बिहिन


दाङ, फागुन १ । एक करोड बढी रकम हिनामिना पारेको आशंका भइ रहँदा प्रभु बैंकको रुकुम आठबिसकोट राडी बजारका एक कर्मचारी फरार रहँदै आएका छन् ।


बैंकका अप्रेसन इञ्चार्ज आठबिसकोट नगरपालिका – ११ का ३१ बर्षीय अनिल शाह माघ २१ गतेदेखि सम्पर्क विहिन छन् ।

बैंकको केन्द्रीय र क्षेत्रीय कार्यालयबाट पुगेका पदाधिकारी, अडिटका मानिसहरुले आन्तरिक रुपमा रकम हिनामिनाबारे अनुसन्धान गरि रहेको शाखा प्रबन्धक डम्मर गौतमले जानकारी दिए ।


आठबिसकोट शाखाबाट करिव एक करोड ३० लाख सर्वसाधारण बचत कर्ताको रकम हिनामिना गरेको आशंका गरिएका शाह माघ २१ गतेदेखि सम्पर्क बिहिन छन् ।

शाहले कति रकम हिनामिना भएको भन्ने बारे बैंकले आँफै आन्तरिक अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका एक प्रहरी अधिकारीले झन्डै एक करोड ३० लाख बचत कर्ताको रकम शाहले हिनामिना गरेको भन्ने उजुरी आएको जानकारी दिएको छ ।

बुधबारसम्म अनुसन्धान सकिने र त्यसपछि भन्न सहज हुने बैंकका शाखा प्रबन्धक गौतमले फरककोणलाई बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *