तुलसीपुर, माघ २८ । नेपाली काँग्रेसका जिल्ला कार्य समिति दाङका सदस्य रमेश मल्लाई पार्टीले तरुण समन्वय समितिको संयोजकको जिम्मेवारी तोकेको छ ।
जिल्ला पार्टी सभापतिले शंकरप्रंशाद डाँगीले माघ ३ गतेका दिन मल्ललाई उक्त समन्वय समितिको संयोजकमा मनोनयन गरेका थिए ।
आइतबार मात्रै सार्वजनिक पत्र अनुसार अबदेखि जिल्लामा तरुण समन्वय समितिको जिम्मा मल्ललाई हुने छ ।
प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार