२०८० फाल्गुन २० गते आइतवार

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता – १० स्वर्णसहित तुलसीपुर शिर्ष स्थानमा

लक्ष्मण बस्नेत, बेलझुण्डी, माघ २८ । दाङ जिल्ला अन्तरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हालसम्म तुलसीपुर उपमहानगरपालिकाले अग्रता कायमै राखेको छ ।

जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा जारी प्रतियोगितामा १० स्वर्ण ४ रजत र ३ कास्य पदक जितेको तुलसीपुरले दोस्रो दिनसम्म पदक तालिकामा अग्रता कायमै राखेको हो ।

घोराही उपमहानगरपालिका ६ स्वर्ण,२ रजत र ४ कास्य पदकका साथ पच्छयाइ रहेको छ । त्यस्तै लमही नगरपालिका ४ स्वर्ण, ५ रजत र १ कास्य पदकसहित तृतीय स्थानमा छ ।

राजपुर गाउँपालिका १ स्वर्ण, ३ रजत पदकसहित चौथो स्थानमा रहेको सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिए ।

प्रतियोगितामा जिल्लाका १० पालिकाका झन्डै १ हजार ५ सय जति खेलाडी तथा अफिसिलको सहभागिता रहेको छ ।

बिगतका वर्षमा जिल्लामा विद्यालयका तर्फबाट यसता प्रतियोगिताहरुमा सहभागीता गराउने गरिएता पनि रेकोमा यो बर्षदेखि पालिका–पालिका बीचमा मात्रै प्रतिष्पर्धा गराइएको छ ।

प्रतियोगितामा अन्तिम दिन सोमबार भलिबल,कवड्डी छात्र र छात्रा फाइनल खेलहरु हुनेछ्न ।

भलिबल छात्र र छात्रा फाईनलमा तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका आमनेसामने हुने छन् ।

त्यस्तै कबड्डी छात्र तर्फ तुलसीपुर र राप्ती गाउँपालिका बीच भिडन्त हुने छ ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *