२०८२ जेष्ठ ३० गते शुक्रवार

५ कक्षामा पढ्ने बालकले घरकै ५० हजार चोरे पछि…


तुलसीपुर, माघ २८ । तुलसीपुरस्थित एक निजी स्कूलमा कक्षा ५ मा अध्यनरत एक बालकले केही दिन पहिले घरबाट ५० हजारको नोटको गड्डी चोरी गरेको घर परिवारले पत्ता लगायो ।


ती बालका अभिभावकको तुलसीपुरको वीरेन्द्र चोक नजिकै भाँडा र मोवाइल पसल छ । त्यो पसलको एक दुई दिनको जम्मै कमाइ मध्यको एउटा ५० हजारको नोटको गड्डी १३ बर्षीय बालकले चोरी लगेको अभिभावकले पत्ता लगाए पछि सोधपुछ गरे ।


सोधपुछका क्रममा छोराको कुरा सुनेर गुप्ता परिवार चकित प¥यो । आफ्नै कक्षाका साथीहरुले पैंशा नदिए कुटपिट गर्ने हुँदा जोगिन यसअघिपनि पटक पटक पैंशा चोरी गरि लगेको कुरा उनले अभिभावक संग गरे । केटाहरु बाट जोगिन झन्डै एक लाख ५५ हजार रुपैंया घरबाट चोरी गरि लगेको कुरा खुल्यो ।


छोराको गुनासो लिएर अभिभावक इलाका प्रहरी कार्यालय तुलसीपुर पुगे । प्रहरीले ती बालकको बयानका आधारमा अन्य चार जना बालकलाई पनि इप्रका तुलसीपुर सोधपुछका लागि अभिभावकसहित झिकायो ।
प्रहरी प्रबक्ता मल्लका अनुसार गुप्ताले आँफै होमवर्क गर्दैन थिए ।

उनले साथीहरुलाई होमवर्क गर्न लगाउँथे । एउटा होमवर्क गरि दिए बाफत ती बालकले एक जनलाई पाँच हजारसम्म दिने गरेको तथ्य सोधपुटका क्रममा पत्ता लागेको प्रहरी प्रबक्ता मल्लले बताए । ‘ एउटा होमवर्क गरि दिए बाफत पाँच हजार दिने गरेको तथ्य अनुसन्धानबाट पत्ता लाग्यो,’ मल्लले भने ‘ उनका साथीहरुले त्यही अनुसार पैंशा बुझेको स्वीकार गरेका थिए ।’


गुप्ता थरका ती बालकबाट बिगत केही महिना यता पैंशा अशुल्दै आएका चार जना बालकका अभिभावक त्यो कुरा सुनेर छक्क परे । घरबाट चोरी गरि लगेको जम्मै पैंशा उनले साथीहरुलाई दिने गरेको कुरा खुल्यो ।
त्यो कुरा थाहाँ पाएपछि छोराहरुले गरेको बदमासी अन्य चार जना बालकका अभिभाबकहरुले पत्ता लगाए । बालक गुप्ताले घरबाट चोरी गरि आफ्नो छोराहरुलाई दिएको पैंशा पैंशा भाग वण्डागरि मिलेर फिर्ता गर्ने सहमति गरे ।


स्रोतका अनुसार गुप्ता परिवारलाई अन्य चार जना बालकका अभिभावकले मिलेर झन्डै एक लाख ५५ हजार रकम दिन सहमत भइ सकेको छ ।

‘ उहाँहरु आपसमै छलफल गरि के सहमति गर्नु भयो त्यो प्रहरीलाई जानकारी छैन,’ मल्लले भने ‘ उहाँहरुले आपसी सल्लाह पछि कुरा मिल्यो भन्नु भएको थियो ।’
कुरा मिलेपछि कुनैपनि मुद्दा मामिला नभइ उनीहरु फर्किएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *