२०८० फाल्गुन २० गते आइतवार

भुसाल माथि कुटपिटको अभियोगमा वली र सिंह पक्राउ

तुलसीपुर, माघ २८ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिकाका उपाध्यक्ष केशवराज भुसालमाथि कुटपिट गरेको अभियोग खेपेका दुई युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।


भुसालको जाहेरीको आधारमा कुटपिटमा संलग्न तुलसीपुरका युवाहरु जितेन्द्र वली र असिमसिंह राठोरलाई आइतबार बिहान तुलसीपुर बजारबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता नवचन्द्र मल्लले फरककोणलाई जानकारी दिए ।


मंगलबार दिउँसो तुलसीपुरस्थित ‘द पार्क क्याफेमा’ खाना खाइ रहेको समयमा तुलसीपुर नगर उपाध्यक्ष भुसाल माथि वली र सिंहले मिलेर मोटरसाइकलको हेलमेटका हातखुट्टाले आक्रमण गरेको पीडितको जाहेरीमा उल्लेख छ ।


प्रहरीले भुसालमाथि भएको आक्रमणको सिसी टिभी भिडियो फूटेजपनि प्रमाणको रुपमा संकलन गरि लगि सकेको जानकारी दिएको छ ।


आक्रमणमा संलग्न दुई जना बिरुद्ध भुसालले अभद्र ब्यबहार शिर्षकमा मुद्दा दायर गरेको प्रहरीले बताएको छ ।


यसअघि नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती लगाएतले नगर उपाध्यक्ष भुसाल माथि भएको आक्रमणको घटनाको निन्दा गर्दै दोषी माथि कारबाहीको माग गरेका थिए । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *