२०८० फाल्गुन १२ गते शनिवार

हिमाल एकेडमीको २०औं स्थापना दिवस


तुलसीपुर, माघ २७। तुलसीपुरस्थित हिमाल एकेडमीले बोर्डिङ स्कूलले शुक्रबार आफ्नो २०औं स्थापना दिबस मनाएको छ ।

तुलसीपुर उपमहानगरपापलिका – ६ रजौरास्थित आफ्नै बिद्यालय भवनको प्राङगणमा बिद्यालयले एक औपचारिक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो ।


कार्यक्रमलाई सम्बोनधन गर्दै प्रमुख अतिथि नेपाल संस्कृत विश्व विद्यालयका रजिष्टार माधव अधिकारीले अहिले सर्टिफिकेट भन्दा विद्यार्थीलाई ज्ञान सीप सिकाउने विद्यालयको खाँचो रहेको चर्चा गरेका थिए ।


‘ आज बौधिक सर्टिफिकेट हैन नयाँ नयाँ ज्ञान र सीप सिकाउने स्कूलहरुको खाँचो छ,’ उनले भने ‘ आज बौद्धिक सर्टिफिकेट भन्दा बिद्यार्थीलाई आधुनिक प्रबिधि र ज्ञान सीपको खाँचो छ ।’
अधिकारीले पूर्विय ज्ञान दर्शन भन्दा आजपनि पश्चिमा ज्ञान दर्शन नै अब्बल रहेको हुँदा बिद्यालयले आफ्नो कला संस्कार अनुरुपको शिक्षा दिन आवश्यक रहेको बताएका थिए ।


विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिनयकुमार मिश्रको अध्यक्षता र विद्यालयका प्रिन्सिपल मधुसुदन केसीको आथित्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने बक्ताहरुले हिमाल एकेडमीले शैक्षिक क्षेत्रमा नयाँ आयामको बिकास गरि रहेको बताएका थिए ।


विद्यालयका शिक्षक नविन पराजुली, शिक्षक शनोद थापा लगाएतले बिद्यालयले हालसम्म शिक्षा क्षेत्रको बिकासको लागि गर्दै आएका प्रयासका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विबद्यालयका बालबालिकाले बिभिन्न सांगितिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *