२०८० फाल्गुन १२ गते शनिवार

तुलसीपुर महोत्सवमा आज गायक पुस्कल शर्मा आउँदै


तुलसीपुर,माघ २६ । तुलसीपुर महोत्सवमा आज चर्चित लोक गायक पुस्कल शर्मा आउँदैछन् ।

बुधबारदेखि शुरु भएको महोत्सवमा शुक्रबार चर्चित गायक शर्मासहित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

आज कार्यक्रममा चर्चित गायिका सम्झना रनपाल, गायक बिष्णु सिङजाली, गायक एकराज भण्डारीसहित तुलसीपुर डान्स आइडल, लोकदोहोरी प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तुलसीपुर-६ को खुल्ला मैदानमा संचालित महोत्सव फागुन ८ गतेसम्म संचालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद चालिसेले बताए ।

स्थानीय वस्तुको बजारीकरणका लागि संचालित महोत्सवबाट संकलित रकमलाई सामाजिक काममा लगाउने आयोजकले दावि गरेको छ ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *