तुलसीपुर, माघ २४ । तुलसीपुरमा महोत्सवको बुधबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।
तुलसीपुर उद्योग वाणिज्यसंघको आयोजनामा सुरु भएको ‘तुलसीपुर महोत्सव’ को उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष श्रीकृष्ण बैद्यले पछिल्लो समय देश भर मेला महोत्सव संचालन गरिनु आर्थिक रुपमा फेरि मुलुक जुर्मुराउने प्रयत्न गर्दै छ भन्ने संकेत भएको बताए ।
देशको आर्थिक मेरु दण्ड उद्योगी ब्यबसायी रहेको भन्दै उनले मेला महोत्सव राज्यले नभइ उद्योग बाणिज्य संघहरुले लगाउनु पर्ने बताएका थिए ।
चर्कौ ब्याजदरले उद्योगी ब्यबसायी पलायन तथा धारासायी हुने क्रम बढी रहेको भन्दै बैंकहरुलाई ब्याजदर घटाउनका लागि दबाव सृजना गर्दै आइएको भएपनि राज्यले आवश्यक नीति ल्याउन नसकेको भन्दै उनले आलोचना गरेका थिए ।
उनले बिमा कम्पनीहरुको पोलिसीका बारेमा तीनै तहका राज्यले थप सहजीकरण गर्न जरुरी रहेको बताएका थिए । त्यस्तै उनले दाङ जत्तिकै ठूलो उपत्यका र पुरानो बिमान स्थल भएको ठाउँमा हालसम्म किन एयरपोर्टको बिकास नभएको हो ? भन्ने बारे बाणिज्य महासंघको तर्फबाट सम्बन्धित निकायमा आवाज उठाउने बताए ।
‘यति ठूलो उपत्यका र प्रदेश राजधानी समेत रहेको यति महत्वपूर्ण ठाउँमा किन एयरपोर्टको बिस्तार र बिकास हुन नसक्दा यहाँको बिकास प्रभावित भएको जस्तो देखियो,’ उनले भने ‘यहाँहरु सबैले एयरपोर्टकै कुरा प्रमुखताका साथ उठाउनु भएको छ र यसबारेमा महासंघले सम्बन्धित निकायसम्म यो कुरा पु¥याउन पहल गर्ने छ ।’
कार्यक्रमकी बिशिष्ट अतिथि नेकपा एमालेकी नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले टरिगाउँ एयरपोर्ट बिस्तार नहुँदा समग्र दाङबासीका साथै आसपासका पहाडी जिल्लाका सर्वसाधारणले भोग्नु परेको समस्याका बारेमा चर्चा गरेकी थिइन ।
अर्का बिशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले पनि महत्वका साथ टरिगाउँ एयरपोर्टकै कुरा उठाएका थिए । उनले नेपालकै पुरानो मध्यको टरिगाउँ एयरपोर्ट नबन्नुमो दाङबासीलाई राज्यले नजरअन्दाज गर्न खोजेको भन्दै अब उपमहानगरसहितको प्रयासमा एयपोर्टको धावन मार्ग विस्तार गरि ७२ सिटे एटिआर बिमान अबतरण गर्न सक्ने बनाइने आश्वासन दिएका थिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डेले पनि आँफु छँदा टरिगाउँ एयरपोर्टको बिकासमा भए गरेका काममा पछिल्लो समय ब्रेक लाग्न पुगेको प्रति चिन्ता जाहेर गर्दै दाङको बिकासको लागि तुलसीपुरको टरिगाँउ वा घोराहीको नारायणपुर जहाँ भएपनि एयरपोर्ट बनाउन आवश्यक रहेको बताएका थिए ।
नेपाली काँग्रेसका नेता तथा बबई गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले ‘तुलसीपुर महोत्सव’ले तुलसीपुर क्षेत्रको बिकासमा अतुलनिय योगदान पुग्नेमा चर्चा गरेका थिए ।
महोत्सव उद्घाटन पूर्व तुलसीपुर बजारका बिभिन्न बिद्यालय, बिभिन्न टोल बिकास संस्था, सहकारी संघ संस्थाहरु, बिभिन्न जात जातिका कला संस्कृति झल्कने झाँकीहरुसहितको ¥यालीले बजार परिक्रर्मा गरेका थिए ।
तुलसीपुरको बसपार्क बाट सुरु भएको ¥याली महोत्सव स्थलमा पुगेर समापन भएको थियो ।
कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग बाणिज्य संघका सदस्य बिमल गौतम र प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।