२०८० फाल्गुन १२ गते शनिवार

नेपालगंज मेयर कपमा सेन्ट जेभियर्स र मोडेल फाइनलमा

नेपालगञ्ज, माघ २३। मेयर कपअन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । छात्रा तर्फ मनकामना मावि, खजुरा फाइनलमा पुगेको छ ।


नेपालगञ्जउपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरी र नेपालगञ्ज मोडेलले कृष्ण माविलाई पराजितगर्दै फाइनलमा पुगेका हुन् ।

धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजित ग¥यो । 

अर्को खेलमा नेपालगञ्ज मोडेलले कृष्ण माविलाई ट्राइबेकरमा ३–० गोलले पराजित ग¥यो । निर्धारित समयमा दुवैतर्फबाट दुई÷दुईगोल गरेका थिए ।

छात्रातर्फ मनकामना मावि खजुरा फाइनलमा पुगेको छ । जनसेवामावि, गिजरालाई ट्राइबेकरमा ४–३ गोलले पराजितगर्दै मनकामना फाइनलमा पुगेको हो । 

प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भागलिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्तगर्ने छन् ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *