२०८० फाल्गुन १२ गते शनिवार

तुलसीपुरमा महोत्सवको रौनक

अधिकाँस स्टल बुकिङ



तुलसीपुर, माघ २३ । तुलसीपुर उद्योग वाणिज्यसंघको आयोजनामा हुन थालेको तुलसीपुर महोत्सवको तयारी लगभग पुरा भएको छ । त्यसबारे जानकारी दिन मंगलबार आयोजक संस्थाले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

महोत्सवको उद्घाटन उद्योग वाणिज्य महासंघ जिल्ला÷नगर उपाध्यक्ष श्रीकृष्ण बैद्यले गर्ने तय भएको छ । बैद्यसंगै कम्तिमा दुइ दर्जन भन्दा बढि उद्योगी व्यवसायी नेतृत्वहरु महोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुने आयोजक संस्थाका एक पदाधिकारीले जानकारी दिए ।


महोत्सवस्थलका लागि करिव तीन सय स्टल बुकिङ भइ सकेका छन् । महोत्सवमा अटो व्यवसायीदेखि सूचना प्रविधि र कृषिका स्टलहरु समेत राखिने छन् । स्थानीय व्यवसायीलाई स्टल बुकिङमा सहुलियत दिइएको छ । सचिवालय व्यवस्थापन तथा झांकी ¥यालीको पनि तयारी भइ सकेको छ । विभिन्न भेषभुषा, भाषाभाषिहरु तथा विविध संस्कृतिका प्रस्तुतीहरु ¥याली तथा शोभा यात्रामा प्रस्तुत हुने छन् ।

कम्तिमा एक सय जति झाँकीहरुले सहभागिताका लागि नाम दर्ता गराइसकेको शोभायात्रा व्यवस्थापन उपसमितिले जनाएको छ । उत्कृष्ट हुने झाँकीहरुलाई क्रमश २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित सम्मान गरिने महोत्सव मुल आयोजक समितिका अध्यक्ष तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।


तुलसीपुर महोत्सवका मुख्य आकर्शणहरुमा राष्ट्रिय तथा स्थानीय ख्याति पाप्त कलाकारहरुको प्रस्तुती, जातिय पहिचान झल्काउने विभिन्न सांस्कृतिक झाँकीहरु, स्थानीय थारु, मगर तथा नेवार समुदायको फूड फेष्टिवल, राष्ट्रिय लोकदोहोरी तथा क्षेत्रीय लोक नृत्य प्रतियोगिता, आकर्षक वाल उद्यान्न, औद्योगिक व्यापार हस्तकला प्रदर्शनी तथा विक्र्री ,कृषिजन्य उत्पादनको प्रदर्शनी, अटोमोवाइल तथा सूचना प्रविधिको प्रदर्शनी, वित्तिय संस्था तथा अन्य सेवामुलक संस्थाका सेवा वारे रहने छन् ।

अत्याधुनिक साउण्डसिष्टमसहितको स्टेज तथा आकर्शक मनोरन्जनात्मक कार्यक्रमहरु पनि महोत्सव अवधिभर आयोजना हुने पनि मुल आयोजक समितिका संयोजक चालिसेले बताए ।

स्थानीय बस्तुको प्रवद्र्धन, समृद्ध नेपाल निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सुरु हुन थालेको तुलसीपुर महोत्सव २०८० लाइ भव्य र सम्भ रुपमा पुरा गर्न आयोजकले आम उद्योगी व्यवसायी, अधिकारकर्मी , राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधिहरु, सन्चारकर्मी लगायत नागरिक समाजका सवैलाइ आह्वान समेत गरेको अध्यक्ष चालिसेले जानकारी दिए ।

यस अघि तुलसीपुर उद्योग वाणिज्य संघले विभिन्न सामाजिक उदेश्य सहित विभिन्न समयमा चारवटा उद्योग व्यापार तथा पर्यटन महोत्सव लगाइ सकेको छ । यो पाचौं महोत्सव हो ।
कही बर्ष अघि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण दुइ बर्ष जति महोत्सवलाई निरन्तरता दिन नसकेको भएपनि आज परिस्थिति सहज भएका कारण वाणिज्य संघले फेरि मेला महोत्सव लगाउन थालेको अध्यक्ष चालिसेले बताए ।


आयोजकले मेलामा बचत भएको रकमबाट विभिन्न सामाजिक कार्यसंगै आफ्नै स्वामित्वको सभाहलमा भौतिक पुर्वाधारको बिकास गर्ने उदेश्य लिएको छ ।

महोत्सवबाट संकलन भएको केही हिस्सा मानव सेवा आश्रमको भवन निर्माणर्थ, अरनिको मैदानको संरक्षण, आर्यकुलम दाङको योग भवन निर्माणर्थ, राप्ती वहिरा संघमा अध्ययनरत वालवालिकालाई अध्यापनमा सहयोग पु¥याउने उदेश्यले राखिएको छ ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *