दाङ, माघ २२ । लुम्बिनी प्रदेशको हिउँदे अघिबेशन फागुन १८ गतेदेखि सुरु हुने भएको छ ।
फागुन १८ गते शुक्रवार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको छ ।
मन्त्रीपरिषदको निणर्य पछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुख अमिश शेरचन समक्ष बैठक आह्वान गर्ने बारे सिफारिस गरेका थिए । त्यसैका आधारमा प्रदेश प्रमुखले हिउँदे अधिबेशन आह्वान गरेका हुन ।
दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले जानकारी दिए ।
प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार