२०८० फाल्गुन २० गते आइतवार

तुलसीपुरको एक नर्सरीमा छात्रा बलात्कार, दुई जना पक्राउ

दाङ, माघ २२ । एक छात्रालाई नर्सरीमा लगि बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – १२ हरिपौराका २१ बर्षीय अशोक चौधरी र अर्का किशोर रहेका छन् ।

चन्द्रोय बिद्याकुञ्ज बोर्डिङ स्कूलको होस्टेलमा बस्दै आएकी एक १५ बर्षीया छात्रालाई तुलसीपुर – ११ गैरागाँउस्थित नर्सरीमा लगेर बलात्कार गरेको भन्ने पीडितको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

घटना शनिबार बेलुकीको हो । जब ती छात्रा घरबाट होस्टेल जान थालेकी थिइन । कक्षा १० मा अध्यनरत ती छात्रालाई ललाई फकाई नर्सरीमा पु¥याएर दुबै जनाले सामुहिक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *