२०८० फाल्गुन १२ गते शनिवार

नेपाली कांग्रेस वडा समितिको रक्तदान


तुलसीपुर, माघ २० । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ समितिले रक्तदान कार्यक्रम गरेको छ ।

‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत वडा समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको वडा सभापति नबिन बुढाथोकीले बताए । ‘समुदायमा कांग्रेस ’ अन्तर्गत शनिबार रक्तदान कार्यक्रम गरेका छौँ ।’ उनले भने-‘मानविय सेवाको सबैभन्दा उत्तम कार्य नै रक्तदान हो ।’

त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पाटीले रक्तदान कार्यक्रम गरी सामाजिक उत्तरदायित्व पुरा गरेको बताए । उनले नेपाली कांग्रेस जहिले पनि जनताको साथमै रहेको भन्दै अहिले समुदायमा कांग्रेस अभियान अन्तर्गत रक्तदान कार्यक्रम पनि सकारात्मक काम भएको बताए ।

कार्यक्रममा जिल्ला प्रतिनिधि सालिकराम रेग्मीले रक्तदान कार्यक्रम रचनात्मक काम भएको बताए । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका सभापति जनक खरालले रक्तदान नै सबैभन्दा ठुलो मानविय सेवा भएकाले रचतनात्मक कार्यमा राजनैतिक पाटी लाग्नुपर्ने बताए ।

तरुण दल दाङका अध्यक्ष टिका घर्तीले राजनैतिक पाटीले युवलाई सकात्मक काममा लाग्न पे्ररित गर्नुपर्ने बताए । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको वडा सभापति बुढाथोकीले बताए । वडा समितिले मानव सेवा आश्रमको भवन निर्माणको सहयोगार्थ २५ हजार ५०५ पनि सहयोग गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *