
दाङ, माघ २० । दाङमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पिकअपका चालक घाइते छन् । मोटरसाइकल चालक जिल्लाको राप्ती गाउँपालिका – ८ बिजौरीका २७ बर्षीय सुनिल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनाका गम्भीर घाइते चौधरीलाई उद्धार गरि लमही अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनक मल्लले बताए ।
घटना राति सवा १० बजेतिर भएको थियो भने उनलाई ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिप चालक रुपेन्देही जिल्लाको सुद्वोधन गाउँपालिका – २ का आशविन सुनार घाइते छन । सुनारलाई आँखामा चोट लागेको हुँदा उपचारका लागि भैरहवास्थित आँखा अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्रबार सवा १० बजेतिर दाङ सडक खण्डको राप्ती गाउँपालिका – ५ दोलैखोला नजिक रोल्पादेखि लमही तर्फ जाँदै गरेको बा १८ च ८६१८ नम्बरको पिकअप जिपले र पश्चिमदेखि पूर्व जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक शब पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
