२०८० फाल्गुन १२ गते शनिवार

तुलसीपुरस्थित बाणिज्य बैंकमा लागेको आगो  नियन्त्रणमा 

तुलसीपुर,  माघ १८ ।  तुलसीपुरको बाणिज्य बैंक बसेको घरमा लागेको  आगलागी नियन्त्रणमा आएको छ ।  

बैंक बसको तल्लो तलाको सुन पसल र कपडा पसलमा आगलागी भएको थियो । आगलागीबाट   न्यू नेपाल ज्वयलर्स  क्षति पुगेको छ । प्रहरीका अनुसार संगैको कपडा पसलमा पनि क्षति पुगेको छ । 

तुलसीपुर उपमहानगरको दमलक र बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रण लिइएको हो । आगलागिका कारण  बाणिज्य बैंक बसेको चौथो तलामा धूवा भरिएको छ ।

नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी सरक्षार्थ खटिएका छन् । सुन पसल र कपडा पसलमा भएको क्षतिको विवरण आउनु बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ । बिद्युत सर्ट भइ आगलागी भएको आशंका गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *