२०८० फाल्गुन १२ गते शनिवार

प्रिगाउँ मन्दिरमा सप्ताह लगाइदै


प्रिगाउँ, माघ १६ । तुलसीपुर उपमहानगरपालिका – ११ प्रिगाउँस्थित शिव मन्दिरमा माघ १८ गतेदेखि माघ २५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ संचालन गरिने भएको छ ।

मन्दिर ब्यबस्थापन समितिले सोमबार मन्दिर प्राङगणमा पत्रकार सम्मेलन गरि शिव पाञ्चायाण मन्दिर निर्माण तथा महेश्वर शिव मन्दिरको भौतिक पूर्वाधारका लागि आर्थिक जोहो गर्ने उदेश्यका साथ सप्ताह ज्ञान महायज्ञ संचालन गर्न थालेको जानकारी दिएको हो ।
सप्ताह ज्ञान महायज्ञ संचालन गर्न गठिन समितिका संयोजक होमप्रकाश गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलन मन्दिर ब्यबस्थापन समितिका महासचिव घनश्याम बस्नेको स्वागत मनतब्यबाट सुरु भएको थियो ।

कार्यक्रममा स्थानीय बासी तथा नेपाली काँग्रेसका नेता खिमबहादुर वलीले दाताहरुको सहयोगमा २०७१ सालमा मन्दिर स्थापना भएको अवगत गराएका थिए ।

स्थानीय बासी तथा तुलसीपुरका उद्योगपति डिल्लीबहादुर बस्नेतको नेतृत्वमा मन्दिर निर्माण कार्य भएको खिमबहादुर वलीले जानकारी दिए ।
मन्दिरमा स्थानीय निरन्तर पूजा आरधनामा आउने गरेको, जेष्ट नागरिकहरु मन्दिरमा साँझ बिहान पूजा आरधनामा आउने गरेको मन्दिरका संस्थापक अध्यक्ष रोशण डाँगीले जानकारी दिएका थिए ।
झन्डै एक बिगाह क्षेत्रफलको जग्गा यो शिव मन्दिरले भोग चलन गर्दै आएको छ ।

यो मन्दिरको भौतिक पूर्वाधार निर्माणमा नेकपा मालेका महासचिव सिपी मैनाली, संविधान सभाका सदस्य बुद्धिराम भण्डारी, पूर्व लुम्बिनी प्रदेश सभाका सदस्य शंकर गिरी लगाएतले आर्थिक साहेता प्रदान गरेको ब्यबस्थापन समितिले जानकारी दिएको छ ।

सप्ताह ज्ञान महायज्ञमा आउने भक्तजनबाट झन्डै २५ लाख आर्थिक संकलन गर्ने उदेश्य राखिएको छ ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *