दाङ,माघ १६ । पत्रकार एवं अनुसन्धानकर्ता सुदीप गाैतम विद्यावारिधि (पीएचडी) उपाधिबाट सम्मानित भएका छन् ।
यो उपाधि गाैतमलाई “history of political awareness in Dang Deaukhuri ” विषयमा उनको अनुसन्धानका लागि सिएमजे विश्वविद्यालय मेघालय भारतवाट प्रदान गरिएको हो ।
गाैतमले सीएमजे विश्वविद्यालय राजनीतिक अध्ययन विभागका प्रा. डा. अवदुल हमिमकाे निर्देशन एवं त्रिभुवन विश्वविद्यालय का प्राध्यापक डा शिव कुमार सुवेदीको को सहनिर्देशनमा आफ्नो अनुसन्धान पूरा गरेका हुन् ।
गाैतमले त्यस विश्वविद्यालयकाे छात्र वृतिमा दाङ देउखुरी क्षेत्रकाे राजनीतिक इतिहासमा विगत ५ वर्ष देखि अनुसन्धान गरिरहेका थिए ।
गाैतमकाे अनुसन्धानका सह निर्देशक डाक्टर शिव कुमार सुवेदीले गाैतमले अनुसन्धानकाे क्रममा दाङकाे राजनितिक चेतनाकाे विश्लेषण गरेकाे वताए ।
‘विशेषगरी २००७ सालकाे क्रान्तिदेखि २०७२ सालकाे संविधान निर्माणकाे सम्ममा दाङ देउखुरी क्षेत्रमा भएका आन्दोलन, राजनितिक गतिविधि र निर्वाचनहरुमा यस क्षेत्रकाे जनसहभागिता लाई उत्कृष्ट ढंगले चिरफारगरि सन्ताेषजनक अनुसन्धान सम्पन्न भएकाे’ डा सुवेदीले प्रतिकृया दिएका छन् ।