२०८२ असार ४ गते बिहिवार

रुकुम पश्चिममा स्थानीयको कुटपिटबाट दुई प्रहरी घाइते,चार जना पक्राउ

दाङ, माघ १५ । रुकुम पश्चिममा झगडा छुटाउन गएका दुई प्रहरीमाथि कुटपिट भएको छ ।

बाँफिकोट गाउँपालिका – ३ स्यार्पु गाउँमा स्थानीयको झगडा छुटाउन गएका इलाका प्रहरी कार्यालय बाँफीकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र प्रहरी चौकी मग्मामा दरबन्दी भइ बाफिकोटमा कार्यरत हिमराज खड्का घाइते भएका छन् ।


घाइते मध्य शाहीको ढाडमा र खड्काको टाउकोमा बढी चोट पटक रहेको छ।
जाँड खाएर मोतका स्थानीय युवाले प्रहरी जवान शाही र खड्का माथि कुटपिटका साथै ढुँगामुडासमेत गरेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।


प्रहरी जवान शाही र खड्का माथि आक्रमण तथा कुटपिट गरेको अभियोगमा जिल्लाकै बाँफीकोट ४ का २८ वर्षीय लक्ष्मण विक, सोही ठाउँका २२ वर्षीय जनक खनाल, २२ बर्षीय कैलाश पुरी, बाफिकोट – ६ का अन्दाजी १५ बर्षीय अनुपम खत्री प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संल्गन अन्य युवाहरुको खोजी कार्य जारी रहेको छ ।

घाइते प्रहरीलाई सल्लेस्थित रुकुम जिल्ला अस्पतालमा प्रारम्भिक उपाचार पछि थप उपचारको लागि लुम्बिनी प्रदाशिक अस्पताल नेपालगंजका लागि रिफर गरिएको थियो । त्यहाँ पनि उपचार संभव नभएपछि घाइते प्रहरीहरु शाही र खड्कालाई थप उपचारका लागि सोमबार बिहान काठमाडौंका रिफर गरिएको छ ।


एक जना युवकमाथि घेराहारेलर कुटपिट भइ रहेको स्थानीयको खबरका आधारमा प्रहरी झगडा छुटाउन भनेर प्रहरी जवान शाही र खड्कालाई खटाइएको थियो ।


झगडा स्थलमा पुग्नासाथ मदिराले मातेका युवाले एकाएक प्रहरी जवान शाही र खड्कामाथि ढुँगामुढा गर्दै कुटपिट थालेको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *