२०८० फाल्गुन २० गते आइतवार

चौतारी स्थापना दिवस मनाउने

घोराही , माघ १४ । प्रेस चौतारी नेपाल दाङले २६औं स्थापना दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गर्ने भएको छ ।

कार्यबाहक अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारीको प्रमुख आतिथ्यतामा आइतबार भएको बैठकले विस्तारित भेला, रक्तदान र पुरस्कार वितरण कार्यक्रम गरि स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

घोराहीमा बसेको पदाधिकारी बैठकले फागुन १८ र १९ गते दाङको घोराहीमा प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
माघ २० गते तुलसीपुरमा विस्तारित भेला गर्ने भएको छ ।

त्यसका लागि उपाध्यक्ष सुधासुमन ढकालको संयोजकत्वमा कोषाध्यक्ष गोकर्ण पौडेल, सहसचिव एकराज भण्डारी, तुलसीपुर नगर कमिटी अध्यक्ष वसन्त परियार र महिला विभाग संयोजक दिप्तीशिखा चौधरी सदस्य रहेको तयारी समिति गठन गरेको छ ।


माघ २१ गते लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष दशरथ घिमिरेको संयोजकत्वमा लमहीमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै माघ २२ गते स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम घोराहीमा गर्ने निर्णय गरेको छ ।

त्यसका लागि जिल्ला सचिव किरण गौतम संयोजक, सहसचिव चन्द्रप्रकाश नेपाली र कार्यसमिति सदस्य महेश बस्नेत सदस्य रहेको तयारी समिति गठन गरेको छ ।


त्यस्तै पूर्व केन्द्रीय उपाध्यक्ष अधिकारीको संयोजकत्वमा लुम्बिनी प्रदेशका सह–इन्चार्ज टीका बस्नेत, केन्द्रीय सदस्य रीता लामा, पूर्व अध्यक्ष दुर्गालाल केसी सदस्य र कार्यबाहक अध्यक्ष राम्जा सदस्य सचिव रहेको पुरस्कार छनौट समिति गठन गरेको छ ।

बैठकलले फागुन १८ र १९ गते दाङको आयोजना र प्रदेश कमिटीको समन्वयमा घोराहीमा  प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने चलाउने निर्णयपनि गरेको छ । 

बैठकले दुर्घटनामा परि घाइते भएका कार्यसमिति सदस्य अभिषेक डाँगीको स्वास्थ्य लाभको कामना गर्नुका साथै  चौतारी दाङका पूर्व अध्यक्ष दुर्गालाल केसीका जेठा दाजु मनबहादुर खत्रीको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *