२०८२ असार १ गते सोमवार

तुलसीपुर महायज्ञमा एकै दिन ४१ लाख सहयोगको प्रतिबद्धता

तुलसीपुर, माघ १३ । मानव सेवा आश्रमको भवन निर्माणार्थ तुलसीपुरको अरनिको मैदानमा शनिबार उद्घाटन भएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा पहिलो दिनमै ४१ लाख बढीको सहयोगको प्रतिबद्धता आएको छ ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले ५ कोठा भवन निर्माणका लागि आवश्यक करिब २६ लाख रुपैंया विनियोज गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।


कार्यक्रमलाई सम्बोधन गर्दैै प्रदेशसभा सदस्य रेखा शर्माले एउटा कोठा निर्माणमा लाग्ने खर्च पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी थिइन ।

त्यस्तै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले आश्रमको भवन निर्माणमा एउटा कोठा बराबारको पाँच लाख रुपैंया उपलव्ध गराउने प्रतिबद्धता जाहेर गरे ।

त्यस्तै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पनि एउटा कोठा निर्माणमा लाग्ने खर्च पाँच लाख ११ हजार रुपैंंया सहयोग गर्ने प्रतिबद्धता मनतब्यका क्रममा ब्यक्त गरेका थिए ।

महायज्ञ उद्घाटन गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि मानव सेवा आश्रमको भवन निर्माणमा कुनैपनि कमी हुन नदिने बताएपनि अरुले जस्तै सहयोग रकमबारे स्पष्ट खुलाएनन् ।

महायज्ञबाट संकलित रकमबाट तुलसीपुर – ४ बनहरीमा दुइ वर्ष भित्रमा मावन स्मारक निर्माण गर्ने उदेश्य राखिएको छ ।


पाँच करोड आर्थिक संकलन गर्ने लक्ष्यका साथ सुरु भएको महायज्ञ एक हप्ता अर्थात माघ २० गतेसम्म सञ्चालन हुने आयोजकले जाकारी दिएका छन् ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *