२०८२ जेष्ठ ३० गते शुक्रवार

तुलसीपुरमा घरको छतबाट लडेकी १८ बर्षीया किशोरीको मृत्यु

दाङ, माघ १३ । तुलसीपुरमा घरको छतबाट लडेरी शक्त घाइते भएकी किशोरीको बाँके तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – ५ रानीजरुवाकी १८ बर्षीया कमला केसीको गएराति साढे ११ बजेतिर थप उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नबचन्द्र मल्लका अनुसार कमला शुक्रवार बेलुका सवा सात बजेतिर आफ्नै एक तले घरको छतबाट खसेर शक्त घाइते भएकी थिइन ।

घाइते केसीको उद्धार गरि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । तुलसीपुरमा उपचार संभव नभएपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रेफर गरिएको थियो ।

कोहलपुर तर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *