तुलसीपुर, माघ १२ । मानव सेवा आश्रमले माघ १३ गतेदेखि २० गतेसम्म तुलसीपुरमा संचालन गर्न थालेको महायज्ञको उद्घाटन लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने भएका छन् ।
समस्यामा परेका तथा सडक मानवका लागि आश्रम निर्माण गर्ने उदेश्यका साथ महायज्ञ संचालन गर्न थालिएको छ ।
मानवताका लागि आयोजनागर्न थालिएको महायज्ञ अति नै जरुर िरहेको र त्यसमा सबैले सघाउनु पर्ने मुख्यमन्त्री चौधरीले फरककोणलाई प्रतिक्रिया दिए ।
‘ सबै भन्दा ठूलो धर्म नै मानवताको धर्म हो,’ मुख्यमन्त्री चौधरीले भने ‘ त्यो उदेश्यले आयोजना गर्न थालिएको महायज्ञमा सबैले सहयोग गर्न म आग्रह गर्दछु ।’
प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार