तुलसीपुर,माघ ११ । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले गलत गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कृत गर्ने परिपाटी नुहुँदा पार्टीमा अनुसाहिनता बढेको बताएका छन् ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ ले बुधबार तुलसीपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको अन्तिरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका राठोरले बिपीले २०४८ सालपछि पार्टीमा बिधि, बिधान, नियम र पद्धति बिपरित आफ्नो स्वार्थ अनुकुल काम गर्ने त्यसतो परिपाटी भने स्वर्गिय नेता गिरिजाप्रशाद कोईरालाले सुरु गरेको दोषारोपन गरे ।
‘ त्यतिखेर कृष्णप्रशाद भट्टराईलाई निर्वाचनमा पराजित गर्नु र २०५१ सालमा मध्याबधि निर्वाचनमा जाने जस्ता निर्णयको परिणाम आज पार्टीले भोगि रहेको छ,’ उपमहासचवि राठोरले भने ‘ त्यतिखेर गिरिजाप्रशाद कोईरालाले बिबेग पु¥याएको भए आजको जस्तो अनुसाशनहिनताको अवस्था पार्टीमा आउने थिएन।’
बिपी, गणेशमान, सुबर्ण, कृण्णप्रशादको आर्दश र मूल्य मान्नेता पार्टीका नेताले भूल्दै जाँदा देशले समस्या भोग्नु परेको उनको तर्क थियो ।
बिगतमा नेताहरु कसैले पनि केही पाउनका लागि भन्दा पनि समाज रुपान्तरणका लागि राजनीति गरेको उनले बताएका थिए ।
बिपी कोईरालाले आफ्नो जिवन भर जति सुकै प्रतिकुल परिस्थितमा पनि राजनीति गरेको र त्यो राजनीति लाभ वा पद प्राप्तिका लागि नभएको राठोरले बताए ।
‘
ऋाज हरेक नेपालीलाई काम गर्ने कुरामा लाज लाग्ने गरेको भएपनि बिदेशमा ट्वाइलेट सफा गर्नेहरुले यहाँ बडार्नु परेको खण्डमा लाज मान्ने प्रबृतिले देश अप्ठेरोमा पर्दैै गएको सहमहामन्त्री राठोरले बताए ।
‘जुन देशमा कामको इज्जत हुँदैन त्यो देश कहिलै बन्दैन,’ नेता राठोरले भने ‘ मपनि सल्याण पहाडमा जन्मेको हुँ र आजपनि थाहाँ छ पहाड कस्को हुन्छ भनेर मलाई नसिकाइयोस ।’
काँग्रेसले केही गरेन भन्नु गलत कुरा भएको भन्दै सहमहामन्त्री राठोरले केही काम नगर्नेहरुले पद वगटेर बस्नु भन्दा त्याग्न आग्रह गरेका थिए । हिजो खाली खुट्टा हिडेरै सल्यानबाट दाङ झरेको स्मरण गर्दै उनले हिजोको तुलनामा आज धेरै नै परिवर्तन भएको नेता दाबी गरे । अहिले आएर भगौडाहरुले गलत भाष्य स्थापित गर्न दुसप्रयास गरि रहेको हुँदा त्यसका बिरुद्ध खबरदारी गर्न उनले आग्रह गरेका थिए ।
त्यस्तै उनले काँग्रेस भित्र राम्रो काम गर्नेलाई सम्मान र गलत
कार्यक्रमलाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगी लगाएतले सम्बोधन गरेका थिए ।