२०८२ असार ४ गते बिहिवार

सरसफाई तथा स्वच्छता योजना निर्माणको अन्तिम चरणमा

सल्यान, माघ ९ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छताका योजनाहरु निर्माण चरणमा प्रवेश गरेका छन् ।


पारदर्शिता, गुणस्तरियता संगै कार्ययोजना र लागत अनुमानलाइ अन्तिम रुप दिन योजनाहरुको पहिलो सामाजिक परीक्षण तथा अनुगमन भएको छ ।

मंगलबारदेखि उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धिे तालिम शुरु भएको छ । गाउँपालिकाका वास संयोजक निमराज केसीले छत्रेश्वरी गाउँपालिका र परियोजनाको साझेदारिमा चालु आर्थिक बर्षमा खाने पानीका चार वटा र सौचालय निर्माणका चार वटा योजना पुरा हुदैछन ।

अभिमुखिकरणलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्रीले महत्वपूर्ण योजनाहरु समयमै पुरा गर्नका लागि इमान्दार र जिम्मेवार पूर्वक लाग्न आग्रह गरिन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दराज विष्टले सम्झौताका सर्त, लागत अनुमान लगाएतका विषयमा जानकार भई प्रभावकारी योजना कार्यान्वयनका लागि अनुरोध गरे ।

छत्रेश्वरी– ४ मा ढुंगेखानी हारिचार पोखरीडाँडा खानेपानी सरसफाइ तथा स्वच्छता योजना, वडा नम्बर २ मा पांग्रेखोला दमाचौर खानेपानी योजना, वडा नम्बर १ मा दुदेलीगैरा खानेपानी योजना र वडा नम्बर ७ मा छहरेखोला पानीखोला खानेपानी योजना सञ्चालन हुदैछन् । अन्य चार वटा प्रयोगकर्ता मैत्री सौचालय निर्माण हुँदैछन् । योजनाहरु १० लाख देखि ८८ लाख रुपैयाँ सम्मका छन् ।

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *