तलसीपुर , माघ ८ । तुलसीपुर उद्योग वाणिज्य संघले माघ २४ गतेदेखि फागुन ८ गतेसम्म तुलसीपुरमा महोत्सव संचालन गर्ने भएको छ ।
संघका अध्यक्ष रामप्रशाद चालिसेले सोमबार पत्रकार सम्मेलन गरि त्यस्तो जानकारी दिएका हुन ।
महोत्सवबाट संकलित रकम बाट दोघरेस्थित बाणिज्य संघको सभाहलमा भौतिक पूर्वाधार निर्माण अन्तरगत पंखा, कुलर वा एसी लगाएतका भौतिक संरचना जडान गर्ने, त्यसको केही हिस्सा मानव सेवा आश्रमको भवन निर्माण, अरणिको मैदानको संरक्षण, आचार्यकुलम दाङको भवन निर्माण, राप्ती बहिरा संघमा अध्यनरत बालबाकिको अध्यन अध्यापनमा सहयोग पु¥याउने जस्तो उदेश्य रहेको अध्यक्ष चालिसेले जानकारी दिएका थिए ।
प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार