२०८२ असार ४ गते बिहिवार

पुल हाउसमा तीन युवाले कुटे एक युवक

दाङ, माघ ७ । रोल्पाको पुल हाउसमा एक युवकमाथि कुटपिट गरेका छन् ।

रोल्पा नगरपालिका – २ पाकिस्तान टोलका २३ बर्षीय लिसाङ आचार्य माथि कुटपिट भएको हो ।
आइतबार बेलुका साढे ५ बजेतिर बिचबजारस्थित पुल हाउसमा स्नोकर खेल्ने क्रममा बिबाद पछि तीन जना मिलेर आचार्यमाथि निर्घात कुटपिट गरेका थिए ।


स्नोकरको लठ्ठीले आक्रमण गर्दा आचार्यको टाउको लगाएत शरिरका बिभिन्न भागमा चोट पटक लागेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देविराम भण्डारीले जानकारी दिए ।


जिल्ला अस्पताल रेउघाको उपचार पछि घाइते आचार्यलाई थप उपचारका लागि बाँकेको नेपालगंजका लागि रिफर गरिएको भण्डारीले बताए ।

आचार्यमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले सोही वडाको बिचबजारका २३ बर्षीय प्रकास घर्ती, २० बर्षीय सञ्तोष रिजाल र वडा नं. ४ लोकतान्त्रिक चोकका १८ बर्षीय दिविन श्रेष्ठ पक्राउ गरि घटना अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *