२०८२ असार ५ गते शुक्रवार

बखरियामा रुखवाट लडेर महिलाको मृत्यु

तुलसीपुर, माघ ७ । दाङको बखरियामा रुख वाट लडेर एक महिलाको मृत्यु भएको छ ।


जिल्लाको तुलसीपुर उपमहानगरपालिका – १३ बखरियाकी ६५ बर्षीया सितली कुसारी शनिबार बेलुका रुखबाट लडेर घाइते भएकी थिइन ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लका अनुासर घाइते सितलीलाई तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचारका लागि पु¥याइएको थियो । त्यहाँ उपचार सम्भाव नभए पछि नेपालगंज लैजाने तयारी गर्दै गर्दा उनको राति नै मृत्यु भएको डिएसपी मल्लले बताए ।

स्थानीय देविराम कुसारीका अनुसार सितला शनिवार वलुका ७ बजेतिर घर नजिकैको जंगलमा बस्तु चौपायालाई स्याउला काट्न भनेर गएकी थिइन ।

उनी अवेर सम्म घर नआए पछि आफन्त तथा स्थानीयले जंगलमा गई खोजी गर्दा घाईते अवस्थामा फेला पारेका थिए । उद्धार गरि अस्पताल पु¥याइएको केही बेरमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *