२०८० फाल्गुन २० गते आइतवार

गिता केसी योजना आयोगको सदस्यमा नियुक्त


दाङ, माघ ५ । लुम्विनी प्रदेश योजना आयोगको महिला सदस्यमा कपिलबस्तुकी गिता केसी नियुक्त भएकी छन ।


शुक्रवारको मन्त्रीपरिषदको बैठकले ४९ बर्षीया केसीलाई याजेना आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्त गर्ने निणर्य गरेको सरकार प्रवक्ता तथा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।


यो संगै आयोगले पूणर्ता पाएको छ । उपाध्यक्षसहित चार सदस्य रहने योजना आयोगमा उपाध्यक्षमा डा. नहकुल केसी र अन्य दुई सदस्य यस अघिनै नियुक्त भइ सकेका थिए ।

त्यस्तै मन्त्रीपरिषदको बैठकले विशेष अनुदान कार्यक्रम संचालन पहिलो संसोधन कार्यविधि २०८० स्वीकृत गर्ने निणर्यपनि गरेको छ । समयानुकुल गराउन कार्यविधि संसोधन गरिएको पाण्डेयले बताए ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *