दाङ, माघ ५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लगानीको प्रतिफल आउने गरि काम गर्न निर्देशन दिएका छन् ।
प्रदेश योजना आयोगको आयोजनामा शुक्रवार दाङको देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले सरकारले लगानी मात्रै गर्ने नभई त्यो लगानीवाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल ध्यान दिन आग्रह गरेका हुन ।
बनाएको बाटोबाट स्थानीय र सरकारले पाउने प्रतिफल खोज्न जरुरी रहेको उनले जोड दिएका थिए ।
‘स्रोत परिचालन भयो भने त्यसका उपलब्धी देखिनु पर्छ,’ उनले भनेका थिए ‘त्यो अनुसारकार आयोगोगले नीति बनाउन जरुरी छ।’
मुख्यमन्त्री चौधरीले प्रदेश सरकार एक घरमा मासिक ३० देखि ४० हजार आम्दानी तथा रोजगारी सिर्जना होस भन्ने लक्ष्य राखिएको बताएका थिए ।
लगानीकर्ताले दिएको रिपोर्टपनि राज्य संयन्त्रले अध्ययन गरी सुधार गर्न सक्ने हुनुपर्ने तथा त्यो उपयोगी र काम लाग्ने हुनु पर्ने तर्क गरेका थिए ।
योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीको अध्यक्षतामा तथा मुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रीहरु, सचिव, विज्ञ सदस्य सरोकारवाला निकायहरुको सहभागिता थियो ।
कार्यक्रममा उपाध्यक्ष डा केसीले प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजना आयोगले नीति गत सुधारको प्रयास गरिरहेको अबगत गराएका थिए । कार्यक्रमको सहजीकरण आयोजका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले गरेका थिए ।