तुलसीपुर, माघ ५ । तुलसीपुरमा चोकको नामंकरण सम्बन्धि बिबाद तत्कालका लागि समाधान भएको छ ।
राप्ती राजमार्ग अन्तरगत तुलसीपुरको बाहिनी चोकलाई एक थरिले राष्ट्रपिता पृथ्बीनारायण शाह चोक र अर्का थरिले कम्युनिष्ट नेता नेत्रलाल चोक राख्ने बारे पक्ष बिपक्षमा उभिदै आएका थिए ।
यो बिबाद भुसको आगो जस्तै भित्र भित्रै सल्किदै गएको थियो । यही रुपमा त्यो आगो सल्किदै गएको भए चोकको नामंकरणको बिषयले भविश्यमा लफडा हुने संभावना थियो ।
त्यही कुरालाई मध्य नजरगर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्कासहितको बैठकले तत्काल उक्त चोकको नाम बाहिनी चोक नै यथाबत रहने निर्णय गरेको हो ।
सोही सहमति अनुसार बिहीबार बेलुकी बाहिनी चोकमा लेखिएका तथा टाँगिएका पक्ष र बिपक्षका दुबै त्यस्ता ब्यानरहरु हटाउन मेयर खड्काले निर्देशन दिएका थिए ।
भएको छलफल र मेयरको निर्देशन अनुसार बिहीबार बेलुकी फेरि रोटरी क्लवले बाहिनी चोकमा आफ्नो ब्यानर टाँगेको क्लवका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले फरककोणलाई बताए ।
‘ मेयर सापको निर्देशन अनुसार हामीले रोटरी क्लवकको ब्यानेर टाँगेका हौं,’ योगीले भने ‘ चोकमा नाम भने हाललाई बाहिनी चोकनै रहने छ ।’
रोटरीले यो चोकमा ट्राफिक ब्यबस्थापनमा सहज होस भनेर यसअघिदेखि नै ‘ट्राफिक आइल्याण्ड’ राख्दै आएको छ । त्यो आइल्याण्डपनि यथावत नै रहने छ । बाहिनी चोकको बारेमा थप केही नयाँ निर्णय गर्नु परे छलफल पछि मात्रै गर्ने सहमतिपनि भएको छ ।
‘ बिबाद बढ्दै जान थालेको हुँदा हाललाई जुन जे अवस्थाको छ हाललाई त्यही राख्ने भन्ने निर्णय भएको रहेछ,’ अध्यक्ष योगीले भने ‘ हाललाई न पृथ्बी चोक हुने भयो न नेत्रलाल चोक बरु साबिककै बाहिनी चोक मात्रै रहने भयो ।’
स्रोतका अनुसार यो चोकको नयाँ नामांकरण गर्नु परेमा कार्यपालिका बैठकले पारित गर्ने गरि सहमति गरिएको छ ।
हालको बाहिनी चोकलाई नेकपा एमालेका ब्यक्तिहरु एमाले नेता तथा पूर्व मेयर ढुण्डीराज लामिछानेको पालमा ‘नेत्रलाल चोक ’ राख्ने निर्णय भएको हुँदा सोही अनुरुप हुनुपर्ने दाबी गर्दै आएका थिए ।
त्यस्तो दाबी गर्दै तुलसीपुर – ६ का अध्यक्ष दुजमान भण्डारी (बर्षात) ले केही दिन पहिले ‘नेत्रलाल चोक’ लेख्न लगाएका थिए । त्यसपूर्व उक्त चोकलाई अर्कौ पक्षले ‘पृथ्बी नारायण’ चोक लेख्न थालेको थियो ।
बाहिनी चोकको नामंकरण ‘पृथ्बी नारायण चोक’ राख्ने अनुमति मेयर टीकाराम खड्काले प्रदान गरेको प्रमाणसहित उनीहरुले त्यस्तो दाबी गरेका थिए ।
जस्ले गर्दा चोकको नामका सवालमा तुलसीपुर दुई धुर्वमा बिभाजित हुने खतरा बढ्दै गएको थियो । जस्को प्रमुख कारण जनप्रतिनिधिहरुको अदुरदर्सी र अपरिपक्व निर्णयलाई मान्न थालिएको थियो । मेयर खड्का लगाएतका प्रतिनिधिहरु तत्कालका लागि बिगतमा आँफुले गरेको गलत निर्णयबाट ब्याक भएको मानिएको छ ।
‘ जस्ले जे सुकै भनोस मेयर टीकाराम खड्काले विगतको आफ्नो आलोकाँचो निर्णय गलत थियो भन्ने स्वीकार गरि त्यो निर्णयबाट ब्याक भइ तुलसीपुरलाई भविश्यमा हुन सक्ने संभावित मुठभेटलाई सुलह गर्न सफल भएका छन भन्ने मान्नु पर्छ,’ एक जना ब्यबसायीले भने ‘ मेयर खड्काले बिगतमा हचुवाको भरमा गरेको निर्णय बाट ठूलो शिक्षा लिन सक्नुपर्छ ।’
उनका अनुसार समाजमा हिंसा भड्काउने र समाजलाई बिभक्त गर्ने खाले निर्णयबाट मेयर खड्काले आँफुलाई सच्याउनुलाई सकारात्मक मान्नु पर्छ ।
तस्बिर सौजन्य : टेकराज भण्डारी ।