तुलसीपुर, माघ ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुुर चौधरीले बजेट पारिदिएपछि तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिर परिशरमा नयाँ मन्दिर बनिरहेको छ ।
नयाँ मन्दिर निर्माणको लगभग ९० प्रतिसत कार्य पुरा भइ सकेको मन्दिर निर्माताको दाबी छ ।
प्रदेश सरकारका मुख्यमन्त्री चौधरीले त्रिशिद्धेश्वरीको नयाँ मन्दिर निर्माण गर्न एक करोड बजेटको ब्यबस्था गरेपछि नयाँ मन्दिर निर्माण भइ रहेको मन्दिर ब्यबस्थापन समितिका पदाधिकारीहरुले जानकारी दिए ।
सोही रकमबाट अहिलेको त्रिशिद्धेश्वरी मन्दिरको ठिक पछाडि नयाँ मन्दिर निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको हो । नयाँ मन्दिर भित्र बिभिन्न चार मुर्तीहरु राख्ने जिम्मेवारी तुलसीपुर क्षेत्रका चार जना प्रतिष्ठित ब्यापारीले लिएको मन्दिर ब्यबस्थापन समितिका एक पदाधिकारीले जानकारी दिए ।
पित्तलका ती मुर्तिहरु मध्य एउटाको मूल्य झण्डै दश लाख पर्नेपनि ती पदाधिकारीले जानकारी दिए ।
प्रतिष्ठित ब्यबसायी उत्तमकुमार श्रेष्ठ, चिरिञ्जिबी रिजाल लगाएतले त्रिशिद्धेश्वरी मन्दिर भित्र चार वटा मुर्ती बनाउने जिम्मेवारी लिएको मन्दिर ब्यबस्थापन समितिका पदाधिकारीले जानकारी दिए ।
यसअघि मन्त्री छँदा पनि मन्दिर परिशरमा टायल बिच्छाउन चौधरीले रकमको ब्यबस्थापन गरेका थिए ।
नयाँ मन्दिर निर्माण कार्य पुरा भएपछि हालको पुरानो मन्दिर भत्काइने भएको छ ।