२०८० फाल्गुन २० गते आइतवार

दमारगाउँमा एउटै रुखमा झुण्डिएको अवस्थामा महिला र पुरुषको शब फेला

तुलसीपुर, माघ ३ । तुलसीपुरको दमारगाउँस्थित जंगलमा एउटै रुखमा झुण्डिएको अवस्थामा एक महिला र पुरुषको शब फेला परेको छ ।


यो खबर तयार पार्दासम्म अन्दाजी २५ ÷ २६ बर्षका जस्ता देखिने उनीहरुको पहिचान हुन सकिरहेको छैन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले करिब तीन चार दिन अगाडि उनीहरुले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने आशंका ब्यक्त गरे ।

स्थानीयले एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका महिला र पुरुषको पहिचान गर्न नसकेको हुँदा उनीहरु आसपासका मानिस नभएको प्रहरी बताउँछ ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुर अमेलिया सडक खण्डको तुलसीपुर उपमहागनरपालिका – १३ दमारगाउँमा सडक खण्डको झन्डै एक किलोमिटर भित्र जंगलमा महिला पुरुषको शब फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइ रहेको घटनास्थलमा रहेका ा इप्रका तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्ले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *