२०८० फाल्गुन १२ गते शनिवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

दाङ, माघ ३ । तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका – १७ मानपुरका २६ बर्षीय सबिन चौधरीको आँफैले चलाएको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।

गएराति चौधरीले चलाएको रा ५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ मानपुर सडक खण्डमा दुर्घटनामा परेको थियो ।

गम्भीर घाइते चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटना बारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *