२०८१ फाल्गुन ६ गते मङ्गलवार

भाइरल रोडमा दुई मोटरसाइकल ठोक्किदा ३ जना घाइते

तुलसीपुरका किशोर किशोरीको अवस्था गम्भीर

तुलसीपुर, माघ १ । घोराहीको भाइरल रोडमा दुई मोटरसाइकल आपसमा ठोक्किदा तीन जना घाइते भएका छन् ।

घाइते मध्य तुलसीपुर उपमहानगरपालिका – ८ का १९ बर्षीय बिप्लब अधिकारी र सोही ठाउँकी १७ बर्षीया सुशिला थापालाई थप उपचारका लागि बाँकेको कोहलपुरका लागि रेफर गरिएको छ । उनीहरु बा ८८ प ५५६५ एउटै मोटरसाइकलमा सवार थिए ।

उनीहरु दुबैलाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपचार पछि थप उपचारका लागि बाँकेका लागि रिफर गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले फरककोणलाई बताए । यी दुबै अचेत रहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परि रा ४ प १०७४ नम्बरको बुलेट बाइकमा सवार घोराही उपमहानगरपालिका – १५ का ३० बर्षीय सुमन चौधरी पनि घाइते भएका छन् । चौधरीको पनि घाँटी नजिकको ब्यूटी बोन फ्याक्चर भएको डिएसपी मल्लले बताए । चौधरीको भने घोराहीमा उपचार भइ रहेको छ ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *