२०८० फाल्गुन २० गते आइतवार

नियन्त्रणमा आयो प्लाष्टिक गोदाममा लागेको आगो

तुलसीपुर, माघ १ । तुलसीपुरमा एक प्लाष्टिक गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।


तुलसीपुर उपमहानगरपालिका – ५ स्थित प्लाष्टिकको गोदममा लागेको आगो राति नौं बजे भन्दा पहिले नै नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले फरककोणलाई बताए ।

वडा नं. ५ को कार्यालय नजिकै रहेको प्रमोद सोनीको प्लाष्टिकको गोदामा लागेको आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको डिएसपी पोखरेलले बताए ।

आगो निभाउन तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका ट्याङकरहरु पनि प्रयोग गरिएका थिए ।

टिनको गोदाममा बिद्युत सर्ट भइ आगो लागी भएको अनुमान गरिएको भएपनि त्यसको कारण एकीन भइ नसकेको इप्रका तुलसीपुरका प्रबक्ता नबचन्द्र मल्ले बताए । आगो लागि बाट भएको क्षतिको एकिन बिवरण भने थाहाँ भइ नसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *