तुलसीपुर , माघ १ । बलात्कार मुद्दामा आठ बर्ष कैद तोकिएका एक जना फरार प्रतिबादी पक्राउ परेका छन् ।
लमही नगरपालिका – ९ का ४० बर्षीय रबि घर्ती पुस २८ गते. पक्राउ परेका हुन ।
दाङ जिल्ला अदालतले घर्तीलाई २०७८ साल पुस १६ गते आठ बर्ष कैद सजाय र नगद एक लाख जरिवानाको फैसला सुनाएको थियो ।
बलात्कार मुद्दामा दोषी ठहर भइ सजाय तोकिएका घर्ती हालसम्म फरार रहँदै आएका थिए ।
लुकिछिपी बस्दै आएका घर्तीलाई गोप्य सूचनाका आधारमा लमही– ९ बाट पुस २६ गते नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पछि पुस २९ गते घर्तीलाई अदालतमा उपस्थिति गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८० माघ १ गते सोमवार