२०८० फाल्गुन १२ गते शनिवार

तुलसीपुर नगर जेसिज २०२४को अध्यक्षमा डाँगी

दाङ, पुस २९ । तुलसीपुर नगर जेसिज २०२४को अध्यक्षमा पूर्ण बिक्रम डाँगी चयन भएका छन ।

नव निर्वाचित अध्यक्ष डाँगीले शनिवार एक समारोहका बीचमा पदभार ग्रहण गरेका छन ।

तुलसीपुर नगरजेसीजको १२औ पद हस्तान्त्रण कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष शालिकराम वलीको अध्यक्षतामा तथा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा एवम योजना आयोजका उपाध्यक्ष डा.नहकुल केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मुख्यमन्त्री चौधरीले युवाहरुसीप र रोजगारमा लाग्नु पर्ने बताए । उनले प्रदेश सरकारले युवा, महिलाहरुको रोजगारीको लागि योजना ल्याएको भन्दै सहकार्य गर्न र जोडिन आग्रह गरे ।

उनले कसले के गर्न सक्नु हुन्छ आउनुस प्रदेश सरकार कार्यक्रम हेरेर युवा महिलालाई उद्यमी बनाउन र कमाउन सक्के वनाउनका लागि सहकार्य गर्न तयार छ ।

उनले जेसीज नेतृत्वको पाठशाला भएको हुँदा यसको सहि सदुपयोग गरेर जानु पर्ने बताए । योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले जेसीजको इतिहास लामो भएको हुँदा युवा क्षमता विकासमा जेसीजको मुख्य भूमिका रहेको बताए ।

युवाहरु उद्यमशिलता र दिगो विकास तथा व्यवस्थापनमा लाग्नु पर्ने उनले बताए । उनले जेसीज प्राज्ञिक र व्यवसायीक युवा निर्माणमा लाग्न जोड दिए ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *