२०८२ असार १ गते सोमवार

मानव सेवा आश्रम र गुरुकुल संस्कृतलाई खाद्यान्न सहयोग


घोराही, पुस २८ । लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्विन जोन्सको सँझनामा घोराही क्षेत्रका लायन्स क्लवहरुले मानव सेवा आश्रम र घोराही ७ मा रहेको श्री माता पवित्रादेवी साङ्गदेव संस्कृत विद्यालय गुरुकुलमा र विद्यार्थीहरुलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।

लायन्स क्लव राप्ती इञ्जिनियरिङ, लायन्स क्लव घोराही सिटी, लायन्स क्लव राप्ती अम्विकेश्वरी, लायन्स क्लव दाङ भ्याली, लायन्स क्लव राजविद्या र लायन्स क्लव नारायणपुरले मेल्विन जोन्सको १४५ औं जन्म जयन्तीका अवसरमा खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । 

लायन्स क्लव इन्टरनेशनल ३२५ एन का डिष्ट्रिक एक्जुकेटिभ चिफ लव अधिकारी, एरिया नं. २ का एरिया चिफ डा. भिमसेन गिरी, एमजेएफ लायन प्रताप विक्रम शाह, एरिया कोषाध्यक्ष रेशम गिरी, जोन चियरपर्शनहरु पवन योगी र पृथ्वी कुवर, लायन्स क्लव राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारी, लायन्स क्लव घोराही सिटीका अध्यक्ष विवेक आचार्य, प्रथम उपाध्यक्ष ओविन्द्र बहादुर महरा, लायन्स राप्ती इञ्जिनियरिङका बावुराम जोशी र सरिता तामाङको टोली दुवै स्थानमा पुगेर खाद्यान्न हस्तान्तरण गरेको थियो ।

घोराही–१० मा रहेको मानव सेवा आश्रममा लायन्सले दुई बोरा चामल, दाल, तेल, विस्कुट, दुध लगायतका सामग्री हस्तान्तरण गरेको थियो ।

मानव कल्याण समाजका संचालक सुस्मीता श्रेष्ठलाई सामग्री हस्तान्तरण गरिएको थियो । सामग्री बुझ्दै श्रेष्ठले हाल सेवा घरमा ३५ जना सहयोगापेक्षी मानवहरु रहेको जानकारी दिए ।

तीन सय ५० बढीलाई उद्दार गरेर दुई सय ५० जनालाई परिवारमा पुनःस्थापना गरिसकिएको जानकारी उनले बताए ।

यस्तै घोराही ७ मा रहेको श्री माता पवित्रादेवी साङ्गदेव संस्कृत विद्यालय गुरुकुलमा पुगेको लायन्स क्लवको टोलीले विद्यालयका संचालक प्रकाश भट्टराइलाई चामल, दाल, तेल, विस्कुट, दुध लगायतका सामग्री हस्तान्तरण गरेको थियो ।

संचालक भट्टराइले हाल गुरुकुलमा ६ देखि ८ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरु रहेको जानकारी दिए ।

उनले आगामी बर्षदेखि कक्षा ९ संचालनका लागि प्रक्रिया अघि बढीसकेको जानकारी दिए ।

बवई नदीको तिरमा रहेको शुक्रवारमा रहेको विद्यालयमा हाल गुरुकुल संचालनमा रहेको छ ।

कार्यक्रममा लायन्सका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले एक सय बर्ष भन्दा पहिले लायन्सको स्थापना गरिएको जानकारी गराउँदै विश्वव्यापी रुपमा सेवाका काम गरिरहेको लायन्सले दाङ जिल्लामा विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी सो अवसरमा गराइएको थियो ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *