दाङ, पुस २८ ।दाङ भालुवाङमा शुक्रबार राति भएको बस दुर्घटनामा परी समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको मृत्यु भएको छ।
नेपालगंजबाट काठमाडौं जाने क्रममा भे १ ख ३९१२ यात्रुरुवाहक बस राप्ती गाउँपालिका–१ भालुबाङस्थित पुलबाट राप्ती नदीमा खसेको थियो ।
सोही दुर्घटनामा परि मृत्यु भएका १२ जना मध्य पाण्डेयको पनि मृत्यु भएको छ ।
प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए।
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य रहेका पाण्डे पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रमबाट काठमाडौं फर्किने क्रममा दुर्घटनामा परेका थिए ।
उनका भूमिका र मूल्यांकन, प्रगतिवाद र कविता, देवकोटाको व्यङ्ग्य व्यक्तित्व, अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध,अर्थको आनन्द, समय र सिर्जना जस्ता कृतिहरु प्रकाशित छन् ।