२०८० फाल्गुन १२ गते शनिवार

बस दुर्घटना अपडेट ः मृतक ८ जनाको परिचय खुल्यो


दाङ,पुस २८ । दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु भएका १२ जना मध्ये ८ जनाको सनाखत भएको छ ।

बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने , जुम्लाका वर्ष ४० का मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी र भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नीरीक्षक उज्ज्वल सिंहले बताए । अन्य ४ जना मृतकको सनाखत हुन बाँकी छ ।

घाइतेमध्ये केहीलाई बुटवल र नेपालगञ्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ ।

घटना लगतै पुगेको प्रहरीले पाँच जनालाई उद्दार गरि अस्पताल पठाउँदा उनीहरुको अस्पतालमै चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

पछि बसले च्यापिएको अबस्थामा ७ जनाको शव जेसीवीले निकालेको सिंहले बताए ।

गए राति साढे १० बजे नेपालगन्जबाट काठमाण्डौंका लागि छुटेको नमस्ते यातायात प्रालिको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा परेको थियो ।

बाँके पठाइएका घाइतेहरु
१ –सहचालक बाँके राप्ती सोनारी गाउँपालिका – २ का ३१ बर्षीय कुलबहादर गोसाई ढाड र हाँतमा चोट अवस्था मध्यम
२ – बाँके नेपालगंज उपमहानगरपालिका – १९ का ३५ बर्षीय लिला वली छाती,दबै हातमा र ढाडमा चोट अवस्था मध्यम
३ – सहचालक बाँके बैजापर गाउँपालिका – ३ का २१ बर्षीय शंकर थारु दािहने हातमा चोट अवस्था मध्यम
४– देश भारत बहराईज मटेराका २८ बर्षीय राहुल कुमार यादव दाहिने हात भाँचिएको, अवस्था मध्यम
५– देश भारत बहराईज मटेराका २० बर्षीय छोटी सलौटा पत्थरकट घाँटीमा चोट अवस्था मध्यम
६ – कािलकोट माहाबै गाउँपालिका – ५ का ४५ बर्षीय तिलकप्रसाद उपाध्याय – दुबै हात खुट्टामा चोट अवस्था गम्भीर
७ – बाँके नेपालगंज उपमहानगरपालिका – १२ का २४ बर्षीय आसतोस गौतम – दाहीने हातमा चोट अवस्था सामान्ने
८– बाँके डुडुवा गाउँपालिका– १ का २५ को मोहमद जावेद – हात खुट्टामा चोट – अवस्था सामान्ने
मेडिकल कलेज कोहलपर बाट नेपालगंज बाँके रिफर
९ – बर्दीयाका २२ बर्षीय साजिव थारु –दाहिने हात भाँचिएको पेटमा चोट अवथा मध्यम
१० – बाँकेका १८ बर्षीइ दशरथ बिक बक – हात र खुट्टामा चोट अवस्था मध्यम ।
११ – बाँकेका १९ बर्षीय निफख खान – बायाँ आँखामा चोट अवस्था मध्यम
१२ – डोल्पाका ३५ बर्षीय धनकली बढा – मुखमा चोट अवस्था सामान्ने
१३ – बाँकेका २० बर्षीय कोरिन्जन कोरी – बाँया हातमा चोट अवस्था सामान्ने
१४ – बाँकेका २० बर्षीय अवाज नाउ –दाहिने हातमा चोट अवस्था गम्भीर

बुटवल पठाइएका घाइतेहरु

१ – काठमाडौं चाविहलका ४४ बर्षीय सुवाश सार्की – ढाडमा चोट अवस्था मध्यम

२ – रौतहटका २६ बर्षीय संजय कार्की आँखा र निधारमा चोट अवस्था – मध्यम

३ – जुम्लाका १९ बर्षीय विशाल बोहोरा – मुखमा चोट अवस्था – मध्यम

४ – काठमाडांैकी ११ बर्षीया आज्ञा पाण्डे – हात र खुट्टामा चोट अवस्था मध्यम ।
५– काठमाडौंकी ३८ बर्षीया मञ्जु शर्मा आँखामा चोट अवस्था सामान्ने
६– काठमाडांै लल्लुचौताराका २३ बर्षीय सन्जु बढवाल मुख र हातमा चोट – अवस्था गम्भीर
७ – काठमाडौंका ४५ बर्षीय राधा पाण्डे–ढाडमा चोट अवस्था गम्भीर

दाङमा उपचार भइरहेका घाइतेहरु
१ – जुम्लाको हिमा गाउँपालिका – ४ का २० बर्षीय बालकृष्ण शाही – दाँया हात र खुट्टामा चोट अवस्था सामान्ने – राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार जारी
२– बाँके कोहलपुरका – २१ बर्षीय धनबहादुर पुुन मगर – ढाड र खुट्टामा चोट – अवस्था सामान्ने – प्रस्ताबित अस्पताल भालुवाङमा उपचार जारी

चालक – सल्यानको त्रिबेणी गाउँपालिका – ४ का २८ बर्षीय लालबहादुर नेपाली प्रहरी नियन्त्रणमा रहेको ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *