२०८० फाल्गुन १२ गते शनिवार

श्रीमतीलाई हटाएर आँफु अध्यक्ष बने रेशम चौधरी

धनगढी, पुस २७ । यसअघि संरक्षक रहेका रेशम चौधरीले श्रीमति सञ्जिता श्रेष्ठलाई हटाएर आँफु नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री यसअघि सम्म उक्त पार्टीको अध्यक्ष थिइन ।

शुक्रबार कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट रमेश सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन ।


शुक्रबार दिउँसो २ बजेसम्म अध्यक्षमा उम्मेदवारी दिने समय तोकिएको थियो । तोकिएको त्यो अबधिमा रमेशको मात्रै उम्मेदवारी परेको थियो ।
रमेशले अध्यक्षमा उम्मेदवारी दिदा रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक बसेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित, कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी सर्वसम्मत चयन भएका छन् ।

तर, अन्य पदहरुमा एकभन्दा बढी उम्मेदवार परेको हुँदा सहमतिको प्रयास भइरहेको स्रोतले जानकारी दिएको छ ।

रेशम चर्चित टीकापुर घटनापछि केही समय भूमिगत रुपमै लुकिछिपी बसेका थिए । सोही समयमा उनी २०७४ सालमा कैलाली क्षेत्र नम्बर १ मा राजपाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
कैलाली घटनामा दोषी रहेको भन्दै रमेशले जेल परेको समयमा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *