दाङ, पुस २६ । दाङ तुलसीपुरका एक युवक बर्दियामा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका – ६ घर भइ हाल बाँकेको कोहलपुर नगरपालिका – ३ मदनचोकमा बस्दै आएका २२ बर्षीय महेश परियार २ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना प्रबिधि शाखाका प्रहरी सहायक हवल्दार हरि नारायण वलीका अनुसार परियार बुधबार बेलुकी पौने ६ बजेतिर बर्दियाको बढैयाताल गाउँपालिका – २ फुटाहास्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
भे ९ प ५३४७ नम्बरको मोटरसाइकलमा सवार परियार भारतको बलई गाउँ बजारबाट नेपाल तर्फ आउँदै गर्दा पक्राउ परेका हुन ।
परियार माथि लागु औषध सम्बन्धि मुद्दा चलाइ कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार