दाङ, पुस २६ । ब्ल्यांकेटबाट सल्किएको आगोमा जलेर घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ ।
बर्दियाको राजापुर नगरपालिका –५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहिबार बिहान उपचारका क्रममा बाँकेमा मृत्यु भएको हो ।
बुधबार दिउँसो साढे ३ बजेतिर कोठा न्यानो पार्न बालेको आगो ब्यल्यांकेटमा सल्किएर आगो लागि भएको थियो ।
त्यसबाट थारु जलेर गम्भीर घाइते भएकी र उनको उपचारका क्रममा नेपालगंजमा मृत्यु भएको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
गम्भीर घाइते थारुलाई उपचारका लागि बर्दिया हुँदै नेपालगंज लगिएको थियो ।
नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पतालमा बिहीबार बिहान ४ बजे उनको मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए।
प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार