काठमाडौं, पुस २५ । प्रहरीले तपस्वी भनिने रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख रुपैंया बरामद गरेको छ ।
बम्जनको घरबाट तीन करोड ३४ लाख नेपाली रूपैंया बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार सार्वजनिक गरेको हो।
बम्जन मंगलबार बेलुकी काठमाडौंको बुढानिलकण्ठस्थित घरबाट पक्राउ परेका थिए ।
उनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैंया बराबरको अवैध मुद्रासमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
बम्जनलाई सार्वजनिक गरिएपछि बुधबार नै सर्लाही पठाउने तयारी प्रहरीले गरेको छ। बम्बजनविरूद्ध, महिला हिंसा तथा बाल यौन दूराचार सम्बन्धि मुद्दाहरु परेका छन् । त्यस्तो मुद्दा परेपछि उनी फरार रहँदै आएका थिए ।
ती मुद्दामा सर्लाही जिल्ला अदातले २०७६ साल माघ २३ गते नै बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइ सकेको थियो । उनी बाराको निजगढ नगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा हुन ।