निता चौधरी,तुलसीपुर,पुस २४ । महिला समुहमा आवद्ध भएपछि औपचारिक शिक्षामा निरक्षर भएपनि व्यवहारिक कुरामा साक्षर बन्ने अवसर पाएको महिलाहरुले बताएका छन् ।
सधै चुलोचौका र घरायसी काममा मात्रै सीमित रहने महिलाहरु गाउँगाउँमा सीड संस्था पुगेपछि आफूहरुको क्षमता विकास सँगै आर्थिक, सामाजिक, व्यवसायिक पक्षमा अगाडि बढ्ने अवसर मिलेको उनीहरुले बताएका हुन् ।
समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाको २२ औँ बार्षिक साधारण सभामा बोल्ने महिलाहरुले यस्तो बताएका छन् । समुहमै आबद्ध भएर उनीहरुको नेतृत्वसँगै आर्थिक रुपमा आयआर्जन गर्न थालेपछि अहिले आत्मनिर्भर बनेको उनीहरुके भनाइ छ ।
आर्थिक रुपमा स्वयम् आफू नै सक्षम हुन थालेपछि परनिर्भर पर्ने अवस्था समेत अहिले कम हुँदै गएको बताएका छन् । सीड संस्थाले संचालन गरेको महिला समुहमा आवद्ध भएका महिलाहरुको जीवन परिवर्तन भएको समेत दावी गरेका थिए ।
उनीहरु बाख्रा पालन, भैँसी पालन, बंगुर पालन, कटाईसिलाईबाट आम्दानी गरिरहेको बताएका थिए । यस्तै पैसाको लोभमा विदेश जाने र अङगभङग भएर आएका व्यक्तिहरुलाई सीड संस्थाले संचालन गरेका परियोजना मार्फतका समुहमा बसेर जीवनलाई सार्थक बनाउन पाएको उनीहरुको भनाई छ ।
सीड संस्थाले स्थानिय महिला तथा बालबालिकाको आर्थिक शशक्तिकररणद्धारा दिगो जिविकोपार्जन कार्यक्रम, बालविवाह तथा लैंगिक हिंसा अन्त्य अभियान कार्यक्रम, कृषि तथा पशु उद्यमशील कार्यक्रम लगायतका कार्यक्रम संचालन गरिरहेको छ ।
दाङका तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गरी ४ वटा स्थानिय तहमा २ सय भन्दा धेरै समुह गठन गरी महिलाहरुको आर्थिक। सामाजिक शशक्तिकरणका कार्यक्रममा समावेश गरी काम गरिरहेको संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीले बताए ।
समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाका अध्यक्ष राममोती चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बालअधिकारकर्मी तथा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यूसिपिसी) का अध्यक्ष नवराज लामिछाने, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, प्रमुख प्रशासकीय अधिकृत भीष्म मल्ल, शान्तिनगर ४ बुढाडाबर युवाक्लवका अध्यक्ष रोषण चौधरी, शान्तिनगर २ जनशक्ति समुहका अध्यक्ष भगवती पौडेल, दंगीशरणको शान्ति महिला समुहका अध्यक्ष गंगा पौडेल, ठाँठीपौवा छलफल महिला समुहका अध्यक्ष पार्वती कंडेल, युवा सञ्जाल तुलसीपुर तथा सहायता केन्द्र नेपालका सचिव मुना विक लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाका प्रगति तथा आर्थिक प्रतिवेदन प्रततुत गरिएको थियो भने संस्थामा आबद्ध रहेर योगदान पु¥याएका कर्मचारी तथा समुहहरुलाई सम्मान पनि गरिएको थियो ।
संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम निर्देशक उमेश खरेलले गरेका थिए ।