२०८० फाल्गुन १२ गते शनिवार

राष्ट्रिय सभा निर्वाचन – लुम्बिनीमा गठबन्धनको मतभार चार गुणा बढी

दाङ, पुस २४ । राष्ट्रिय सभा सदस्यमा रिक्त रहेको पदस्थापनका लागि माघ ११ गते निर्वाचन हुँदैछ । त्यसैलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशसहित मुलुकका सातै प्रदेशमा पुस २३ गते दलहरुले उत्साहका साथ मनोनयन दर्ता गराइ सकेका छन् ।

राष्ट्रिय सभा सदस्य चुन्नका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्न पाउँछन् ।

प्रदेश सभा सदस्यको एक मत बराबर ५३ र स्थानीय तहका पदाधिकारीको एक मत बराबर १९ मत भार गणना हुने गर्छ ।

लुम्बिनी प्रदेश सभामा ८७ सदस्य रहेका छन् । एक सय नौ स्थानीय तहका दुई सय एक प्रमुख÷उपप्रमुख छन् ।

राष्ट्रिय सभा सदस्य चुन्न लुम्बिनी प्रदेशमा कुल तीन सय पाँच जना मतदाताले भाग लिन पाउने छन् । यो प्रदेशमा प्रदेश सभा सदस्य तर्फ कूल मत भार चार हजार ६ सय ११ र स्थानीय तह तर्फको कुल मतभार चार हजार एक सय ४२ रहेको छ । यो प्रदेशमा कूल मतभार आठ हजार सात सय ५३ रहेको छ ।

लुम्बिनीमा दलगत मत भारको अंकगणितलाई विश्लेशन गर्दा नेपाली कांग्रेसको मतभार सबैभन्दा बढी तीन हजार एक सय ७९ छ । काँग्रेसका २७ प्रदेश सभा सदस्य छन् । कांग्रेसको प्रदेश मतभार एक हजार चार सय ३१ छ । त्यस्तै उस्को स्थानीय तहतर्फको मतभार एक हजार सात सय ४८ छ । लुम्बिनीमा कांग्रेसका ९२ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख रहेका छन् ।

नेकपा माओवादी केन्द्रको कूल मतभार एक हजार तीन सय ४३ छ । ११ जना प्रदेश सभा सदस्य रहेको माओवादी केन्द्रको प्रदेश मतभार पाँच सय ८३ छ भने ४० जना स्थानीय तहका प्रमुख÷उपप्रमुख जितेको माओवादीको स्थानीय तह मतभार सात सय ६० छ ।

यहाँ जनता समाजवादी पार्टीको कूल मतभार दुई सय ७३ छ । तीन प्रदेश सभा सदस्य रहेको जसपाको प्रदेश मतभार एक सय ५९ र ६ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख रहेको जसपाको स्थानीय तह मतभार एक सय १४ छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीको कूल मतभार दुई सय १२ छ । ४ प्रदेश सभा सदस्य रहेको यो दलको प्रदेश मतभार दुई सय १२ छ भने स्थानीय तहतर्फ यो दलको मत भार भने शून्य छ ।

लुम्बिनीमा लोकतान्त्रिक समाजवादी पार्टीको कूल मतभार दुई सय ३५ छ । तीन प्रदेश सभा सदस्य रहेको यो पार्टीको प्रदेश मतभार एक सय ५९ छ । ४ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख रहेको यो पार्टीको स्थानीय तह मतभार ७६ छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेशमा कूल मतभार ५३ छ । यो पार्टीको एक जना प्रदेश सभा सदस्य मात्रै छन् । यस्को स्थानीय तह शून्य छ ।

यो प्रदेशमा राष्ट्रिय जनमोर्चाको कूल मतभार एक सय २९ छ । यस्को एक प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहतर्फ चार गरि मतभार ७६ छ ।
गठबन्धनमा आबद्ध सात राजनीतिक दलको कूल मतभार पाँच हजार चार सय ७७ छ । यी सबै सत्ता गठबन्धन भित्रका दलहरु हुन । कूल मतभार आठ हजार सात सय ५३ मध्य गठबन्धनको मतभार जितका लागि प्रयाप्त छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लुम्बिनी प्रदेश सभालाई मात्रै नियाल्दा सबै भन्दा ठूलो दल हो । एमालेका २९ जना प्रदेश सभा सदस्य छन् । उस्को प्रदेश मतभार एक हजार पाँच सय ३७ पुग्छ । एमालेले ६७ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख जितेको छ । उस्को स्थानीय मतभार एक हजार दूई सय ३७ छ । प्रदेशबाट दुईवटै सिटमा उम्मेदवारी दर्ता गराएको एमालेको कुल मतभार भने जम्मा दुई हजार आठ सय १० मात्रै छ ।

लुम्बिनीमा पनि राप्रपाले दुईवटै सिटमा उम्मेदवारी दिएको छ । तर उस्को कूल मतभार दुई सय ६९ मात्रै छ । ४ प्रदेश सभा सदस्यको मतभार दुई सय १२ र स्थानीय तहका तीन प्रमुख÷उपप्रमुख जितेको हुँदा उस्को स्थानीय तहको मतभार ५७ मात्रै छ । त्यसैले फरक तालमेल नहुने हो भने राप्रपाको संभावना पनि यहाँ छिन देखिन्छ ।

सत्तारुढ गठबन्धन भित्रकै दल भएपनि लुम्बिनीमा जनमत पार्टीले एक जना आफ्नो छुट्टै उम्मेदवार खडा गरेको छ । जस्को कूल मतभार एक सय ५९ मात्रै छ । उस्का तीन प्रदेश सभा सदस्य छन् भने स्थानीय तह शून्य छ ।

यो प्रदेशमा जनता प्रगतिशील पार्टीको मतभार ३८ मात्रै छ । स्थानीय तहतर्फ दुई ठाउँमा उस्ले जितेको छ ।

लुम्बिनी प्रदेशमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन भित्रका काँग्रेस र माओबादीले अहिले पनि मिलेर उम्मेदवारी दिएका छन् ।
सोमवार घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा गइ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका उम्मेदवारहरुले आ–आफ्नो दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए । लुम्बिनीमा पाँच दलका सात जनाको उम्मेदवारी परेको छ । गठबन्धन दलहरुको अंकभार बिश्लेशन गर्दा उनीहरुको जित हुने निश्चित प्राय देखिएको छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *